काठमाडौँ। नेपाल चिकित्सक संघले शुक्रबार (आज) देशभरका सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको छ ।
पीजी तहका चिकित्सकलाई सरकारी मेडिकल अधिकृत (आठौं तह) सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
बिहिबार माइतिघर मण्डलामा आन्दोलन र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग गरिएको वार्ता सहमतीमा पुग्न सकेको थिएन । संघले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभएमा १२ गते देशभरिका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्न बाध्य हुने चेतावनी समेत दिइएको थियो।
