काठमाडौँ। निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ निर्वाह भत्ता दिने निर्णय प्रति सकारात्मक भएका छन्।
चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने निर्णय गरेको थियो । तर सो निर्णय पति मेडिकल कलेजहरुले विरोध गरि रहेका थिए ।
चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक बस्नुअघि निर्वाह भत्ता दिने विषयमा निजी मेडिकल कलेज सञ्चालकहरु सकारात्मक देखिएका हुन्।