काठमाडौं । प्रसूति व्यथा लागेकी १६ वर्षीया पुष्पा बोहरा भण्डारीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएको देखिए पछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको हो ।
अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले जिल्लामा उपकरण, औजार लगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धारका लागि पठाइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताइन्।
सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी पुष्पाको जिल्ला अस्पतालको सिफारिसमा स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो ।