काठमाडौँ । वैशाख १८ देखि २० गतेसम्म सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा नेपाल इन्स्टिच्यूट अफ मेन्टल हेल्थको आयोजना तथा विभिन्न संस्थाहरूको सहकार्यमा चितवन मेडिकल कलेजमा हुन लागेको आयोजक समिति संयोजक डा श्रीधर पौडेलले जानकारी दिए । डा पौडेलले काठमाडौ मात्र नभएर उपत्यका बाहिर पनि मानसिक स्वास्थ्य सम्बन्धीको विस्तार र सचेतना पु¥याउने उदेश्यले उक्त सम्मेलन आयोजना गरेको बताए ।
उनले भने, ‘मानसिक स्वास्थ्यको अवस्था दुई खालले हेर्न सकिन्छ । पहिलो मानिसहरुले कसरी उपचार पाइरहेका छन् । लगभग एक सयमा १० जनाले मात्र उपचार पाइरहेका छन् । यो मध्ये पनि धेरै गहन खालको मानसिक स्वास्थ्य समस्या थोरै मान्छेमा हुन्छ । तर यसको उपचार भने ग्रामीण क्षेत्रमा नभएकाले समस्या गाउँमा नै छ । त्यही भएर हामीले पहिलो सम्मेलन जुम्लामा गएर एक सय पचास मानिस लगेर सम्मेलन गरेको थियौं । मानसिक स्वास्थ्यमा सबैले समान सुविधा पाउनुपर्छ भनेर नै गाउँ केन्द्रित भएका हौँ ।’
सम्मेलनमा सयभन्दा बढी प्रश्तुतीकरणहरु हुने बताए । जसमा ३० बटा मौखिक प्रस्तुती १९ बटा पोष्टर प्रजिन्टेसन र १३ बटा प्यानल डिस्कसन हुनेछन् । त्यस्तै करिब दुई सय जना प्रत्यक्ष सहभागी हुनेछन् । सम्मेलनमा पाँच जना विशेष वक्ता रहने छन् । सम्मेलनले मानसिक स्वास्थ्य सम्बन्धी घोषणा पत्र जारी गर्ने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा जोसुकै सहभागी हुन पाउने आयोजकले बताएको छ ।