काठमाडौं । शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आव २०८२/०८३ को लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले सार्वजनिक गरे ।
निरोगी नेपाल अभियान अन्तर्गत स्वास्थ्यमा सरकारको नीति तथा कार्यक्रम कस्तो छ ?
- प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणाली सबै पक्षको विकास गर्ने ।
- सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहबीच सहकार्य गराइने।
- स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या भूगोल र रोगको भारका आधारमा गरिने।
- सात वटै प्रदेशमा जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने ।
- दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गरिने ।
- क्यान्सर तथा मृगौला प्रत्यारोपण उपचारको सेवा प्रदेश स्तरमा विस्तार गरिने।
- मस्तिष्क मेरुदण्ड मानसिक रोग उपचारका लागि काठमाडौँमा अत्याधुनिक राष्ट्रिय न्युरो साइन्स केन्द्र स्थापना गरिने।
- फागुन महिना नसर्ने रोग र स्कृनिङ परिक्षण कार्यक्रम सञ्चालन गरिने ।
- स्वास्थ्य क्षेत्रका जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने ।
- उत्पीडित तथा सीमान्तकृत समुदायलाई चिकित्सा शिक्षामा आरक्षणको व्यवस्था शिक्षामा आरक्षणको व्यवस्था गरिने।
- स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गरिनेछ। गम्भीर रोगको उपचार समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने। बीमा सेवाको सुशासन र वित्तीय थायित्वका लागि बीमा बोर्डको पूर्ण संरचना गरिने।
- आधारभूत तथा अत्यावश्यक औषधिहरूको उत्पादन प्रवर्धन गरिने। औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी एकीकृत ऐन तर्जुमा गरिने।
- सबै सरकारी अस्पताललाई एउटै अनलाइन सेवामा आबद्ध गर्ने गरी नागरिक एप्लाई सुधार गरिने।
- आयुर्वेद सेवाको सुदृढीकरण र वैकल्पिक चिकित्सा विधि प्रवर्द्धन गर्न आयुर्वेद अध्ययन प्रतिष्ठानको रुपमा विदेशी विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनमा ल्याइने।
- जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरूको समाधानका लागि क्लाइमेट हेल्थ रेजिमेन्ट युनिट विकास गरिने।
- स्वास्थ्य र जनसांख्यिक दर्ता प्रणालीलाई एकीकृत स्वास्थ्य सूचना प्रणालीसँग आबद्ध गरिने।
संसदमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्ण पाठ