काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नौ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ११० जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ ।
मन्त्रालयको पहलमा हालसम्म यसरी उद्धार गरिएका महिलाको सङ्ख्या ८१० रहेको बताइएको छ । नौ महिनाको अवधिमा ९२९ पुरुष र ४६ महिला गरी ७५ ज्येष्ठ नागरिकलाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको छ ।