काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएका उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उनको टाउको र निधारमा चोट लागेको छ। उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतको भनाई छ।