दोलखा । पछिल्लो समय दोलखा जिल्लामा आयुर्वेद पद्धतिबाट उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
दैनिक ३५ जनाभन्दा बढी बिरामीले आयुर्वेद चिकित्सालयमा उपचारको लागि आउने गरेका छन् । सदरमुकाम चरिकोटमा रहेको आयुर्वेद चिकित्सालयका प्रमुख डा।मनोजकुमार चौधरीले विशेषगरी पेट, हाडजोर्नी, पायल्स, फिसल, दमलगायतका बिरामी उपचारको लागि आउने गरेको बताए । उनले चिकित्सालयमा अग्नीकर्म थेरापी (विशेषगरी घुँडा थुखेको बिरामीको लागि), बस्ती थेरापी (नसा सम्बन्धि), स्नेहनस्वयधन थेरापी (मसाज गरेर औषधिजन्य बाफ दिने), अकुपञ्चर लगायतका पद्धतिद्वारा उपचार गरिँदै आएको बताए ।
थेरापीसहित विभिन्न २५ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क उपलब्ध हुने भएकोले पनि आयुर्वेद चिकित्सालयमा उपचारको लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको डा।चौधरीको भनाई छ ।