काठमाडौँ । पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आग्रह गरेएको छ ।
पानी पर्न थाले पछि पानी जम्मा हुँदा त्यसमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेङ्गी रोग लाग्ने गर्दछ यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिनमा डेङ्गी सङ्क्रमण बढ्नसक्ने खतरा रहेका महाशाखाले जनाएको छ ।
लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । गत वर्ष २०२४ मा देशका ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो ।