काठमाडौँ । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।
दैनिक ३०० जना बिरामी आउने गरेको उक्त अस्पतालमा दुई महिनादेखि सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । औषधि अभाव भएको गुनासो गर्दै अस्पताल प्रमुख डा। विकास साहले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
इमर्जेन्सी सेवा पनि प्रभावित बन्ने परिस्थिति उत्पन्न भएको अहिले इमर्जेन्सी लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गरिहेको उनले जानकारी दिए ।