काठमाडौँ । मिर्गौला प्रत्यारोपण गरेका एक जना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
जापानमा ७ वर्ष काम गरी नेपाल आउने क्रममा आरोही पेम्बा शेर्पाको मिर्गौलामा समस्या देखिएको थियो। दुई वटै मिर्गौलाले काम नगरेपछि उनलाई प्रत्यारोपणकालागि आफ्नै बाबुले मिर्गौला दान दिएका थिए । यसकालागि उनले लामो समय उपचार गराउनु परेको थियो। उनले करिब ३० महिनाको अबधिमा नयाँ जीवन पाए ।
अन्य स्वास्थ्य व्यक्ति जस्तै मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिले पनि साधारण व्यक्ति जस्तै सबै काम गर्न सक्षम हुन्छ भने धारणले उनि मिर्गौला प्रत्यारोपण गरेको २४ महिना पछि सन २०२४ को मार्च २२ तारिखमा ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरेका थिए।
“मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण अभियान २०८१” मिर्गौला प्रत्यारोपणपछि पाएको जीवनलाई सार्थक बनाउन तथा सिङ्गो मानवगतलाई प्रेरणादायी सन्देश दिन सञ्चालन गरिएको आरोही पेम्बा शेर्पाले बताए।