बीरगंज। पर्सा जिल्ला लाई मधेस प्रदेशकै पहिलो ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ ।
जिल्ला खोप समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरे।
जिल्लाका १४ वटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरूले सबै खालका खोप पाएपछि जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गरिएको ठाकुरले बताए ।
ठाकुरका अनुसार, पर्सा जिल्लाका १४ पालिकाका सबै १ सय १२ वटा वडामा गरिएको अनुगमनका क्रममा भेटिएका आंशिक रुपमा खोप पाएका ९खोप लगाउन बीचमै छुटेका ० १ हजार ५१८ बालबालिका र खोप नै नपाएका ९शुन्य डोजका० ७ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको हो ।
यसअघि २०८१ जेठ ३ गते पर्सा जिल्लालाई ‘पूर्ण खोपयुक्त जिल्ला’ घोषणा गरिएको थियो । ठाकुरका अनुसार, पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएपछि हरेक वर्ष नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाले लगाए÷नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने गरिन्छ । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा९डोज० लगाएर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा घोषणा गर्ने गरिन्छ ।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रममा उत्कृष्ट काम गरेका जिल्लाका १४ वटै पालिकाका वडाहरूमा रहेका उत्कृष्ट भएका एक एक स्वास्थ्य संस्थाहरूलाई कदर पत्रसहित सम्मानित पनि गरिएको थियो ।