काठमाडौं । उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि बाराको सिमरा एयरपोर्टबाट काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।
जहाजमै बेहोस भएकी उनलाई उपचारका लागि केएमसी अस्पताल पुर्याउँदा चिकित्सकले मृत भएको घोषणा गरेका हुन् । मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।