काठमाडौँ । सर्भर तथा डाटा स्टोरेजमा समस्या आएको भन्दै स्वास्थ्य बिमा बोर्डले सूचीकृत अस्पताललाई माग दाबीसम्बन्धी तथ्याङ्क फेरि पठाउन पटक पटक ताकेता गरेको छ ।
गत चैत २८ गते बोर्डको सिस्टममा समस्या हुँदा अस्पतालहरूले सर्भरमार्फत गर्ने मागदाबीमा अवरोध भएको थियो । सोही समस्याका कारण तथ्याङ्क ९डाटा० हराएको छ । रुजु हुन बाँकी डाटा हराएपछि बोर्डले यसअघि वैशाख १२ गते सबै अस्पताललाई वैशाखदेखि असारसम्मको मागदाबी फेरि गर्न भनेको थियो । अहिले फेरि असारदेखि असोजसम्मको मागदाबीको विवरण पठाउन ताकेता गरेको हो । बिहीबार बोर्डले गरेको सर्कुलरमा १५ गतेभित्र पठाउन सर्कुलर गरेको हो ।
