चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ ।
‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरि सकेको अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले जानकारी दिए। विगतमा यो परीक्षण बाहिर पठाउँनु पर्ने र महँगो शुल्क तिरेर परीक्षण गर्नु पर्ने बाध्यता थियो । अस्पतालले भने यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै परीक्षण गर्न सकिने जनाएको छ ।
रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको उच्चस्तरको परीक्षण हो । यसका लागि एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाइएकामा उनिहरु तालिम लिएर आएसँगै यहाँ परीक्षण सुरु गरिएको अस्पतालले जनाइएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण जडान गरेर र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताए ।