काठमाडौँ। आज सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दैछ।
हरेक बर्ष गणतन्त्र दिवसकै दिन अर्थात जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने व्यवस्था संबिधानमै उल्लेख गरिएको छ । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २:४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ ।
नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा स्वास्थ्यमा छुट्याउनु पर्छ भनेर विज्ञहरुले बर्षौ देखि आवाज उठाउँदै आएका छन् । बजेटमा केही नयाँ कार्यक्रम, केही सुधारका कार्यक्रम र विज्ञहरूले सुझाव दिए जस्तै निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम बजेटमा अघि सारिएको छ।
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०पेस गर्नुहुने कार्यसूची छ । प्रतिनिधिसभाको अपराह्न १:३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।