काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन यहि जेष्ठ १७ र १८ गते हुने भएको छ ।
दुई दिने सम्म राष्ट्रिय सभागृह हुने महाधिवेशनको समुद्घाटन प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टि (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट हुनेछ ।
बुधबार महासंघले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा झलक गौतमले महाधिवेशनबारे जानकारी दिए । डा गौतमले पाचौँ राष्ट्रिय महाधिवेशनमा देशभरि बाट बिधान बमोजिम् ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताए। उनले महाधिवेशनको तयारी समेत पुरा भएको जनकारि गराए ।
वि.सं.२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको हो । हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध भएका डा गौतमले जानकारि दिए।
स्वास्थ्य सम्बन्धि सामान्य तालिम प्राप्त देखी विशेषज्ञ स्वास्थ्यकर्मीहरुसम्म यस महासंघ र आफ्नो सेवा समूह मिल्ने घटकहरुमा आवद्ध भएका छन् । महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुबिधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून्, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको छ ।
महाधिवेशनले विधान समेत संशोधन गर्दै ९ सदस्यीय पदाधिकारी सहित ९९ जना सम्मको केन्द्रिय समिति निर्वाचित गर्नेछ । महाधिवेशन सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरि तयारीका कामहरु भैरहेका छन् । खुल्ला र बन्द सत्र गरि २ दिन सम्म महाधिवेशन चल्ने छ