नुवाकोट। सर्वसाधारण गाउँवासीको स्वास्थ्य उपचारका लागि नुवाकोटको पूर्वी भेग थप्रेकमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । भवनको निर्माणबाट स्थानीयवासी लाई सुविधा पुगेको छ ।
पञ्चकन्या गाउँपालिका ४ थप्रेकमा निर्मित स्वास्थ्य चौकी भवनको बुधवार उद्घाटन गरिएको छ । भवनको पञ्चकन्या गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले उद्घाटन गरे। उनले भवन निर्माणसँगै गाउँवासीले स्थानीय स्तरमै स्वास्थ्य सेवा पाएको बताए । गाउँवासीलाई प्रभावकारी रूपमा स्वास्थ्य सेवा लिन आग्रह गरे ।
दुई तल्ले नौ कोठे स्वास्थ्य चौकी भवन भुकम्प पुनर्निर्माण प्राधिकरणमार्फत निर्माण भएको हो । कुल एक करोड २० लाख रुपैयाँको लागतमा निर्मित भवन तीन वर्षमा निर्माण पुरा भएको हो ।जनस्वास्थ्य निरीक्षकसहित पाँच जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकी भवनबाट थप्रेक र वालकुमारीका पांँचहजार जनसंंख्याले सुविधा पाउने निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतोले बताए ।