काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलाई ९५ अर्व ८१ करोड बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्री विष्णुुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमाआगामी आर्थिक वर्षको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित स्वास्थ्य क्षेत्रलागि कुल ९५ अर्व ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन्।