काठमाडौँ । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा नेपालकै पहिलो पीडियाट्रिक सर्जरी फेलोशिप कार्यक्रम सम्पन भएको छ ।
अस्पतालका निर्देशक तथा बाल शल्य चिकित्सक प्रा.डा.रामनन्दन प्रसाद चौधरीको नेतृत्वमा २०८१ बैशाक १ गते बाट सुरुभएको फेलोशिप कार्यक्रममा Clinical Fellowship in Pediatric Surgery विषयको अध्ययन पूरा गरेका डा. धन बहादुर श्रेष्ठ सो विषयमा पास गरेका छन् ।
बिहिबार आयोजित कार्यक्रममा डा.चौधरीले एक बर्ष सम्म चलेको फेलोशिप कार्यक्रममा पास भएका डा. श्रेष्ठलाई प्रमाण पत्र दिदैं उनको उत्रोत्तर भविष्यको कामना गर्दै बधाई दिएका छन् । उनले भविष्य यस्तै किसिमका अन्य फेलोशिप कार्यक्रमका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको शैक्षिक कार्यक्रमहरु गर्ने बताए ।

