काठमाडौँ । त्रिभुव विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा क्यान्सर उपचारको आकस्मिक कक्ष स्थापना भएको छ ।
क्यान्सरका बिरामीहरु आकस्मिक सेवा लिन आउँदा अस्पतालको मुख्य आकस्मिक कक्षमा भिडभाड हुने गरेकोले अलग्गै कक्ष सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुबासप्रसाद आचार्यले बताए ।
१० शैयाको क्यान्सर रोग उपचार आकस्मिक कक्ष उदघाटन चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन राज शर्माले गरेका थिए ।