काठमाडौं। ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पत्रकार, अभियन्ता तथा संस्थालाई प्रदान गरिएको गरिएको छ।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी लगायतले सात जनालाई नगद ५० हजार राशीसहित पुरस्कार प्रदान गरेका छन् ।

पुरस्कार पाउनेहरुमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कटेल, क्यान्सर काउन्सिल नेपालका रूद्र कडरिया, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाली हेल्थ डटकमका सम्पादक, राम प्रसाद न्यौपाने, अनलाइनखबर डटकमका पत्रकार, पुष्पराज चौलागाईलाई सम्मान गरिएको हो।


