काठमाडौँ – वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको उपचारका क्रममा निधन भएको छ।
७७ वर्षीय रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो । उनि ५ वर्षदेखि क्यान्सरले पीडित थिए ।
उनि अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित भएका थिए । उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ । उनीकि एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।