वीरगंज। छिमेकी मुलुक भारतको बिहार राज्यमा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुनः तीव्र गतिमा फैलिन थालेसँगैसीमावर्ती बजार वीरगञ्जमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
खुल्ला सीमाको कारण विगतमा कोरोना सङ्क्रमणको केन्द्र बनेको वीरगन्जमा अहिले सुरुवात कालमै भारतबाट भित्रिने शङ्कास्पद व्यक्ति तथा यात्रुको सिमानाकामानै चेकजाँच शुरु गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको व्यवस्थापन गरिएको छ ।