काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलको मेडिकल निर्देशकमा प्रा.डा. नरेश गिरी नियुक्त भएका छन् ।
हस्पिटलले सोमबार एक कार्यक्रम गरि उनलाई मेडिकल निर्देशकको पदमा स्वागत गरेका छन् । विगत बर्ष देखि यसै हस्पिटल सर्जनका रुपमा काम गरेर अहिले मेडिकल निर्देशकको पदमा नियुक्त भएका हुन् ।
पदभारपछि बोल्दै नवनियुक्त प्रा.डा. गिरीले आफुलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै आगामी दिनमा सबैको साथ सहयोग पाउने अपेक्षा गरेको बताए। उनले मेडिकल ओफिसर बाट यात्रा सुरुगरेर आज यहाँ आई पुग्दाको खुसि व्यक्त गरे।