काठमाडौँ । नेपालमै पहिलोपटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।
अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो। त्यसक्रममा अनुहार तथा स्तनका विभिन्न शल्यक्रियासमेत भएको थियो । जन्मँदा लिंग पुरुष भएका ती व्यक्तिको लिंग परिवर्तन गरी महिला बनाइएको हो । जनकपुरनिवासी ती २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको शल्यक्रियाका क्रममा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरिएको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले जानकारी दिए ।
अस्पतालका प्रवक्ता तथा सहायक प्राध्यापक डा। गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए।
विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा।डा। जयन मान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएका शल्यक्रियामा विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा।डा। ईश्वर लोहनी, डा। संगम रायमाझी, डा। समीत शर्मा, डा। विकेश राजभण्डारी, डा। हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा। अनुप थापा, डा। सुदिप पण्डित, डा। आशिष अधिकारी, डा। नोभेल, डा। ईशा, डा। अस्बिनको सहभागिता थियो तथा एनेस्थेसियामा डा। मेघा कोइराला तथा डा। पंकज जोशीको टीमले सहयोग गरेको थियो ।