फेरि एकपटक कोरोनाभाइरस सङ्क्रमणका घटना तीव्र रूपमा बढेका विवरण आएका छन्। यो भन्दा पहिले कोरोनाभाइरस सङ्क्रमणका तीन लहर आएका थिए। त्यतिखेर रोग संक्रमणको गम्भीरता यति धेरै थियो कि ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका थिए। त्यसयता सरकारले वृहत् स्तरमा कोरोनाको खोप अभियान चलायो र जनसङ्ख्याको ठूलो हिस्साले खोप लगाए।
तर अब प्रश्न के उठेको छ भने सन् २०२२ मा लगाएका कोभिड खोपले नयाँ भेरिअन्टका विरुद्ध समेत प्रभावकारिता देखाउन सक्छन्रु कतै नयाँ भेरिअन्टले सङ्क्रमणको अर्को लहर निम्त्याउलारु
के हो नयाँ जेएन १ भेरिअन्ट ?
इकोनोमिक टाइम्सले उल्लेख गरेअनुसार सिङ्गापुरमा जिनोमको इन्डेक्सिङ् गर्दा अधिकांश मामिलामा जेएन १ भेरिअन्ट पाइएको छ। तर यो जेएन १ भेरिअन्ट एकदमै नौलो भने होइन। यो ओमिक्रोनकै एक सब(भेरिअन्ट हो जुन केही वर्ष अघि पत्ता लागेको थियो।
दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स०मा सामुदायिक चिकित्सा विभागका प्रोफेसर डा संजय राय कोभ्याक्सीन ९कोभिड खोप०को तीनै चरणको परीक्षणमा एक प्रमुख शोधकर्ता थिए। 'जेएन १ कोरोनाको ओमिक्रोन भाइरसको सब/भेरिअन्ट हो। यो पत्ता लागेको एक वर्षभन्दा धेरै भइसक्यो। यो नयाँ होइन। यो गम्भीर हुन सक्छ कि सक्दैन भन्ने बारे हामीलाई जानकारी छ,' डा रायले भने।
अहिलेसम्म थाहा भएअनुसार यो सामान्य रुघाखोकी सरह वा त्योभन्दा पनि सहज हुन सक्छ । तर साना बच्चा, वृद्धवृद्धा तथा अन्य स्वास्थ्य समस्या विद्यमान रहेका मानिसहरूले भने ध्यान राख्नु पर्ने उनले बताए।
के पुरानो खोपले काम गर्ला ?
केही वर्ष पहिले कोरोनाभाइरसले पूरै दुनियाँलाई मुस्किलमा पारिदिएको थियो। लाखौँ मानिसले ज्यान गुमाए। त्यतिखेर ठूलो स्तरमा खोप अभियान चलाइयो। तर के दुई(तीन वर्ष पहिले लगाइएका ती खोपले नयाँ भेरिअन्टविरुद्ध पनि काम गर्ला भन्ने प्रश्न उठेको छ।
इण्डियन मेडिकल एसोसिएसन महाराष्ट्रका पूर्व अध्यक्ष डा अविनाश भोंडवेले विगतमा दुई डोज तथा बुस्टर डोज खोप पनि लगाएकाहरूलाई केही फाइदा जरुर हुने छ। उनले भने, ूती खोप पहिलो कोभिड भाइरसका विरुद्ध बनाइएका थिए। मूल भाइरसका विरुद्ध ती पूर्ण असरदार थिएनन्।ू
डाक्टरहरूका अनुसार खोप लगाएपछि कोरोनाको सङ्क्रमण नै नहुने भन्ने हुँदैन। तर त्यसका लक्षण हलुका हुन्छन्। तर जसले खोपका दुई डोज तथा बुस्टर डोज लगाएका छन् तिनमा लामो समयसम्म रोग प्रतिरोधी क्षमता विद्यमान रहन्छ। एक वा दुई डोजमात्र लिएकाहरूमा इम्युनिटी रोग प्रतिरोधी क्षमता कम हुन सक्छ।
डा अविनाश भोंडवे भन्छन्, 'कोरोना खोपले निश्चित रूपमा फाइदा दिन्छ तर केवल तिनलाई जसले दुई डोज तथा बुस्टर डोज लिएका छन्।'
अर्का डा अविनाश गावंडेको विचारमा चाहिँ पुरानो खोपले नयाँ भेरिअन्टविरुद्ध काम गर्दैन। उनका अनुसार जसरी इन्फ्लुएन्जाको एक वर्ष लगाएको खोपले अर्को वर्ष काम गर्दैन उसै गरी कोरोनालाई पूर्ण काबुमा लिने हो भने नयाँ खोपको विकास गर्नु पर्छ। पुरानो खोपले प्रतिरोधी क्षमता विकास भएकाहरूलाई भने नयाँ भेरिअन्टसँग जुझ्न मद्दत मिल्ने पनि उनले बताए।
विशेषज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरिअन्ट एकदम तीव्र गतिमा फैलिरहेको छ। कतिपयका मनमा के फेरि सङ्क्रमणको नयाँ लहर आउला भन्ने पनि परेको छ। कम गम्भीर भएकाले यसबाट सङ्क्रमितहरू अस्पताल भर्ना हुनु परेको सङ्ख्या कम देखिएको डा गावंडेले बताए। बीबीसी