काठमाडौँ । छिमेकी देश भारतसंगै नेपालमा पनि कोरोना संक्रमणक बढ्दै गए पछि आवश्यक सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छिमेकी मुलुक भारतमा सोमबार बिहानसम्म कोभिडका कारण ६५ जनाको मृत्यु भएको र करिब ७ हजार जना संक्रमित भएको समाचार सार्वजनिक भएको छ।
यता सरकारले भने हाल नेपालमा पनि देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट अघिल्ला भेरियन्टहरूजस्तो घातक नभएको जनाएको छ । यसले गम्भीर स्वास्थ्य समस्या सृजन गर्ने सम्भावना कम भए पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो । नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन ।
नाका भएर भारतका विभिन्न ठाउँबाट नेपाल–भारतमैत्री आउने गरेका छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा भारतबाट फर्किएकाहरुको स्वास्थ्य अवस्था र लक्षणका बारेमा सोधपुछ तथा मलेरिया, डेङ्गीलगायतका अन्य परीक्षण र परामर्श गर्ने गरेका छन् । “आउने आप्रवासीहरुलाई कडाइ त गरेका छौँ तर कीटको अभावले परीक्षण गर्न सकिएको छैन”, गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टले भन्नुभयो, “शंकास्पद देखिएकालाई एक हप्ता घर परिवारका सदस्यबाट टाढा बस्न सम्झाइबुझाइ पठाउने गरेका छौँ ।” तर संक्रमण फैलन नदिन सावधानी भने अपनाउनु भने जरुरी रहेको उनले बताए ।