काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कार्यकारी समितीका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरेको छ ।
परिषद्का कार्यकारी प्रमुख डा.प्रमोद जोशीले परिषद्को कार्यकारी समितीका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई स्वागत गरेको छन् ।
परिषद्को कार्यकारी समितीका अध्यक्षमा प्रा.डा. नारायण विक्रम थापा नियुक्त भएका छन् भने सदस्यमा डा. निशा आर्चाय, डा. ऋषि बिष्ट, डा. लिली राजबंशी नियुक्त भएका छन् । कार्यक्रममा परिषदका उपाध्यक्ष प्रा.डा. अजित रायमाझी तथा परिषद्का कर्मचारीहरुको उपस्थिथि रहेको थियो ।