दाङ । दाङको स्थानीय तह लमही नगरपालिका बालबालिकाको स्वास्थ्य सुरक्षामा देखिएको प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादनका आधारमा उत्कृष्ट पालिका बनेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम ९क्ष्ःल्ऋक्ष्० अन्तर्गत उत्कृष्ट पालिकाको रूपमा लमही नगरपालिकालाई प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरेको हो ।
लुम्बिनी प्रदेशभित्र सञ्चालन भएको बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम ९क्ष्ःल्ऋक्ष्० अन्तर्गत मूल्याङ्कनमा लमही नगरपालिका सो सूचकाङ्कमा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशकै नमुना पालिकाका रूपमा उदाएको हो ।
बालरोग नियन्त्रणमा देखिएको सफल कार्यक्रम कार्यान्वयन, स्रोत परिचालन, स्वास्थ्यकर्मीहरूको सक्रियता, र सामुदायिक सहभागितालाई उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले लमहीलाई सम्मान गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए ।
नगर प्रमुख चौधरीले भने “यो सम्मान लमही नगरवासी सबैको जित हो। हामीले बच्चाहरूको स्वस्थ भविष्यका लागि जुन प्रयास गरेका थियौँ, त्यसको मान्यता अब राष्ट्रिय स्तरमै पाएका छौँ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समेत लमही नगरपालिकाको प्रयासको प्रशंसा गर्दै यो उपलब्धि अन्य पालिकाहरूका लागि पनि प्रेरणा हुने बताएको छ । “लमहीले देखाएको सक्रियता र समर्पण वास्तवमै अनुकरणीय छ।” यो कडा मेहनत हो यस्तै मेहनत सबै पालिकाले गर्न जरुरी रहेको मन्त्रालयको भनाई छ ।
बाल रोगको पहिचान र तत्काल उपचारमा उल्लेखनीय सुधार, सामुदायिक स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि, जनचेतनामूलक कार्यक्रममार्फत आम नागरिकको सक्रिय सहभागिता, पोषण सुधार, नियमित खोप र मातृ शिशु सेवा पहुँच विस्तार जस्ता सूचकाङ्कमा लमही नगरपालिकाले राम्रो काम गरेको देखाएको छ ।
नगरपालिकाले बालरोग न्यूनीकरणका लागि नियमित खोप कार्यक्रम, कुपोषण विरुद्ध सचेतना अभियान, नवजात तथा साना बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, र आमाबाबुलाई लक्षित स्वास्थ्य शिक्षा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी सबै प्रयासहरूले लमहीलाई देशकै उदाहरणीय नगरपालिका बनाएको हो ।
बालबालिकाको प्रारम्भिक उपचार, पोषण व्यवस्थापन, रोग पहिचान र सघन सेवा पहुँच विस्तार जस्ता क्षेत्रमा लमहीको पहलले नगरलाई मात्र होइन, समग्र प्रदेशलाई गर्व गराएको छ। यस सम्मानपछि लमही नगरपालिकाले स्वास्थ्य क्षेत्रका अन्य पहलहरूमा पनि नवीन योजना ल्याउने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले बताए।
यस सम्मानले लमही नगरको प्रयासलाई राष्ट्रिय तहमा पहिचान मात्र दिलाएको छैन, अन्य स्थानीय तहहरूका लागि प्रेरणाको स्रोतसमेत बनेको छ ।