स्याङ्जा । कुनै समय कुष्ठ रोगी बस्ने ठाउँ भनेर स्याङ्जाको मालुङगा टुनिबोट लाई चिनिने गर्दथ्यो । त्यहाँ जाने हो भने कुष्ठ रोग सर्छ भन्दै मानिसहरू जान डराउँथे । तत्कालीन राजा खड्गसम्सेरले नेपाल भरीका कुुष्ठरोगीलाइ राखी उपचार गर्दै आएका थिए ।
सरकारको सक्रियताले कुष्ठरोग निर्मुल तथा रोगी स्थानान्तरण गरियो । सोही ठाउँमा अहिले प्राथमिक स्वास्थ्य केन्द्र संन्चालन रहेको छ । जसले गर्दा छिमेकी जिल्ला पाल्पा तथा पर्वतका बिरामीहरू सेवा लिन सहज भएको थियो ।
पछिल्लो समय छ वर्षदेखि स्थायी दरबन्दी अनुसार डक्टरको अभाव हुँदा सेवा लीन आउने सेवाग्राहीलाई निकै समस्या हुने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार आज एउटा डक्टरले चेकजाँच गर्नुहुन्छ,अर्को हप्ता रि चेकअपको लागी आउँदा अर्को डक्टर हुँदा समस्या हुँदै आएको हो ।
गाँउठाँउमै प्राथमिक स्वास्थ्य केन्द्र निमार्ण भएपछि सेवा लिन सहज हुनेभन्दै खुसी भएका सेवाग्राहीलाई हप्तैपिच्छे डक्टर फेरिने र स्थायी दरबन्दी अनुसार डक्टर नियुक्ति नहुनु र एक्स रे मेसिन भएतापनी त्यसै थन्काएर राखेका कारण सामान्य बाहेक थप उरका लागी अन्यत्र जानुपरेको सेवाग्राही बताउँछन् ।
त्यस ठाउँमा अहिले ११ करोडको लागतमा हस्पिटल निमार्णको क्रममा रहेको छ । तर स्थायी दरबन्दी अनसार डक्टरको व्यवस्थापन गर्न नसकिएको र स्थायी दरबन्दी अनुसारको डक्टर ल्याउने प्रयास भइरहेको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु वलीले बताए ।
मालुङगा प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले एमबिबिएस डक्टर १ जना,अहेव ३ जना,अनमी ३ जना,हेल्थ असिस्टेन्ट १ जना,स्टाफ नर्स १ जना,कार्यालय सहयोगी २ जना,ल्याब १ जना सहित १२ कर्मचारीले सेवा दिँदै आएका छन् ।