काठमाडौँ । सामाजिक सञ्जालमा ‘अल बिदा’ लेखेर सम्पर्कविहीन भएका डा केशव श्रेष्ठ फेला परेका छन्।
सोमबार बिहान फेसबुकमा लामो स्टाटससहित अलबिदा लेखेर सम्पर्कविहीन भएका थिए। श्रेष्ठ काठमाडौंको तारकेश्वर नगरपालिका– ३ स्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला परेका एसपी अपिलराज बोहराले जानकारी दिए।
जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौँडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो ।