काठमाडौँ । एघारौँ विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योग गुरुसहितका प्रतिनिधिको छलफल भएको छ ।
हरेक जुन २१ ९असार ७० मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाउने तय गरिएको छ । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।