काठमाडौं । नेपाली चलचित्र र म्युजिक भिडियोमा पात्रले सुर्तीजन्यको सेवन गरेको देखिन्छ, यस्तो दृश्यले नयाँ पुस्ता र बालबालिकामा प्रभाव पर्ने भएकाले यसको विकल्प खोज्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सोमबार आयोजित ‘दृश्यमा सुर्तीजन्य पदार्थ कथाले माग्छ रु भन्ने विषयको अन्तरक्रिया कार्यक्रममा ‘अनिवार्य’ बाहेक त्यस्ता दृश्य नराख्ने कुरामा जोड दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका कानु उपसचिव गोपीकृष्ण रेग्मीले फिल्म हेर्ने क्रममा यस्ता दृश्य निकै नै देखिएपछि कार्यक्रमको अवधारणा आएको बताए । उनले कलाकर्मीलाई कानुन र जनस्वास्थ्य जानकारी दिएर थप जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताए ।
डा देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे। उनले भने, ुहामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल ९हिरोजस्तो० देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला। त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो। त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन्।
एक्सन नेपालका कार्यक्रम निर्देशक आनन्द चन्दले चलचित्रमा देखिने यस्ता दृश्यले युवा पुस्ता प्रभावित भई छिटो धूमपान सेवन गर्ने गरेको बताए । चलचित्रमा चुरोट र खैनी सेवन गरेको दृश्य राख्दा हेर्न पुगेका बालबालिकामध्ये ७० प्रतिशतले चुरोट सेवन गर्ने गरेको अध्ययनले देखाएको औंल्याए । अध्ययन र अनुसन्धानका तथ्यांक प्रस्तुत गर्दै चन्दले चलचित्रमा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरूको संख्या उल्लेख्य रहेको बताए ।
चलचित्र क्षेत्रमा त्यस्ता दृश्यको प्रयोग भएको स्वीकार गर्दै यसबारे सम्बन्धित कलाकारलाई सचेत गराइने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए । ‘हामीकहाँ त उल्टै सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीको लोगो राख्ने र विज्ञापन गर्ने चलन पनि छ,’ उनले भने ‘त्यसो गर्नु कानुनविपरीत हो, त्यसलाई रोक्नुपर्छ, सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ, बरु यसको सेवन छुटाउने गरी सामग्री प्रस्तुत गर्नुपर्छ, बोर्डले चलचित्रमा त्यस्ता दृश्य राख्न निरुत्साहित गर्छ र गर्दै आइरहेको पनि छ ।’
यसैगरी फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे । तर, फिल्म बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो । उनले थपे, ‘’हामी जति फिल्म बनाउनेहरू छौँ । यसको असर थाहा छ। तर पनि हामी प्रयोग गरिरहेका हुन्छौँ । त्यसमा भने ध्यान दिनुपर्छ।’ सामान्यतया सिनेमाभित्र कथाले मागेर नै यस्तो दृश्य राख्ने गरिएको पनि उनको तर्क थियो ।