काठमाडौं। अस्वच्छकर एंव दुषित खाद्य पदार्थका कारण २०० भन्दा बढी रोग र हरेक वर्ष ६० करोड मानिस प्रभावित हुने गरेको छ जसमा ४ लाख भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
बुधबार काठमाडौं महाागरले सञ्चारकर्मीलाई लक्षित गरि ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना अन्तर्गत खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको थियो । अन्तर्क्रिया कार्यक्रममा खाद्य स्वच्छता तथा गुणस्तर शिक्षा सम्बन्धी सञ्चारकर्मीले उपभोक्ता शिक्षित गराउने समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक जीवन प्रभा लामाले सुरक्षित खाद्य पदार्थ उपभोगबारे जनचेतना बढाउनु आवस्यक रहेको बताईन् । उनले खाद्यवस्तुको कुनै ‘ब्याच’ रिकल गर्नेवित्तिकै सबै खाद्यवस्तु खानै नहुने भन्ने नहुने बताए । यसमा सञ्चारमाध्यमबाट समाचार प्रवाह हुँदा सजग हुनुपर्ने र विस्तृत बुझेर मात्र प्रकाशन प्रशारण गर्नुपर्ने धारणा व्यक्त गरिन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण र विभागका प्रवक्ता तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले अस्वच्छकर एंव दुषित खाद्य पदार्थका कारण २०० भन्दा बढी रोग र हरेक वर्ष ६० करोड मानिस प्रभावित हुने गरेको छ जसमा ४ लाख ४ लाख २० हजारले ज्यान गुमाउने गरेका बताए । खाद्य पदार्थकै कारण वार्षिक ६० करोड मानिस झाडापखाला देखि क्यान्ससम्मका रोगबाट ग्रसित हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको उनले बताए ।
उनले अस्वच्छकर खाद्य पदार्थमा भएको भौतिक अखाद्यको मिसावट, रासायनिक पदार्थको प्रयोग र जैविक संक्रमणले खाद्य पदार्थलाई अखाद्य बनाउने जानकारी दिए। यसका लागि कागज प्लास्टिक र खाद्यमा प्रयोग हुने रंग जस्ता कुरा केमिकल हजार्ड भएको बताए। विषादी प्रयोग नियन्त्रण गरेर रसायनिक कारणलाई न्यून गर्न सकिने उनको भनाई छ । यसका लागि किसान जागरुक एवम् सचेत हुनुपर्ने उनले बताए ।
महानगरका मेयरका सल्लाहकार सन्तोष गिरीले खाद्य सुरक्षा पत्रकारिता फेलोसिप’ गर्ने योजना रहेको बताए । उनले खोजमूलक अध्ययन गरेर समाचार सम्प्रेषण गर्न आग्रह गरे। गिरीले स्वच्छ र गुणस्तर खाद्य उपभोगबारे उपभोक्ता जागरुक बनाउनुपर्ने समेत बताए।