काठमाडौं । कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकै मृत अवस्थामा फेला परेकी छन् ।
गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा शुक्रबार (आज) बिहान १९ वर्षीया तुलसी नाथ मृत फेला परेकी हुन् । नाथ घरको मूल द्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारि दिएको छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।