काठमाडौं । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका सात जना औलो ९मलेरिया० रोगका बिरामी भेटिएका छन् । विदेशबाट आउने नेपालीमा पी फाल्सीपारम परजीवी भेटिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जानकारि दिएको छ ।
औलो सङ्क्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । यो रोग एनोफलिज जातको लामखुट्टेले टोक्दा हुने गर्दछ । रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ ।