ललितपुर। नेपाल औषधि आयातकर्ता संघ (मियान) को अध्यक्षमा पवन आचार्य सर्वसम्मत निर्वाचित भएका छन।
नेपाल औषधि आयातकर्ता संघको आठौं अधिवेशन तथा वार्षिक साधारणसभा मार्फत आचार्यको नेतृत्वमा सर्वसम्मत १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
कार्यसमितिका पदाधिकारी र सदस्यहरू
अध्यक्ष पवन कुमार आचार्य, उपाध्यक्ष पृथ्वी राज वैद्य, उपाध्यक्ष सुमन कपाल, महासचिव मधु पौडेल, सचिवःसुरेश पट्वारी र कोषाध्यक्ष सन्दिप खनाल निर्वाचित भएका छन। भने सदस्यहरुमा मुकुन्द राज भण्डारी, सुसिल कुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारीक राजा, निरज कुमार झा, शितोष शाह, डा.आनन्दा, राज भण्डारी, सुरज ट्विरीवाल, राज किशोर, आनन्द चौधरी, चन्द्र शेखर सुगन्धा र डा. अबुल हसन अन्सारि निर्वाचित भएका छन। साथै एक जना सदस्य भने अध्यक्षले चयन गर्ने छन।
