विराटनगर । कोरोना संक्रमित महिलाको एक महिलाको मृत्यु भएको छ ।
इलाम सूर्योदय नगरपालिकाकी ३९ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार नोबेल शिक्षण अस्पतालमा विराटनगरमा मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना ९कोभिड–१९० संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो।
उनको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ। कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये एक जनाको ज्यान गएको हो।