काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत प्राप्त हुँदै आएको सहयोग कटौती भए पछि एचआईभीर/एड्स रोकथाममा समस्या देखिन थालेको छ ।
शुक्रबार ‘एएचएफ नेपाल’ले आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको ब्लू डायमण्ड सोसाइटी नेपाल ज्योति थापा बताईन् । उनले २०९२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिदै आएकोमा सहयोग कटौती हुँदा समस्या भएको बताइन्। सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको उनको भनाई छ ।
नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताईन् । उनका अनुसार मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरु, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु, महिला यौनकर्मीहरु, लागुऔषध सुई प्रयोग गर्ने व्यक्तिहरु, आप्रवासी व्यक्तिहरु रहेका छन् ।
उनकाअनुसार नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने एड्ससँग मृत्युको संख्या ५६९ रहेको छ भन एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ । उनले भनिन्न् हामीले गरेको स्टडीले अनुसार मुख्य जोखिम समूह भनेको विशेष गरी सेक्सवर्करहरु, ट्रान्सजेण्डर व्यक्तिहरु र जेलमा भएको व्यक्तिहरु रहेका छन् ।’
निःशुल्क साधन अभाव परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा।सर्वेस शर्माले बताएका छन् । उनले युएसएआइडीको सहयोग रोकिए पनि नेपालमा एचआइभी/एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए।