काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल बिरामी भएर अस्पताल भर्ना भएका छन् ।
ज्वरो आउने र कमजोर महसुस भएपछि पौडेललाई शनिबार साँझ वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। मन्त्री पौडेल शुक्रबार मात्र थाइल्यान्डबाट नेपाल फर्किएका थिए ।
मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा। दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको उनको सचिवालयले जनाएको छ।