काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको स्वास्थ्य अवस्था सुधारोत्मुख रहेको विर अस्पतालले जनाएको छ ।
ज्वरो आउने र कमजोर महसुस भएपछि पौडेललाई शनिबार वीर अस्पताल भर्ना गरिएको थियो । मन्त्री पौडेलको उपचार अस्पतालका निर्देशक डा। दिलिप शर्माको नेतृत्वमा भइरहेको छ । उनलाई निरन्तर निगरानीमा राखिएको अस्पतालले जनाएको छ ।
उनको भीभीआईपी वार्डमा उपचार भइरहेको छ। अहिले उनको स्वास्थ्य सुधार भइरहेको अस्पतालले जनाएको छ ।