काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा रहेको 'प्यान्टोलोक' नामको औषधिको विक्रि वितरण तत्काल रोक्न निर्देशन दिएको छ।
क्युरेक्स फार्मास्युटिकल्स प्रा. लि. 'प्यान्टोलोक' नामको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १३ बमोजिम औषधिको विक्रि वितरण तत्काल रोक्न भनेको छ। प्रयोगशाला परीक्षणका क्रममा क्युरेक्सबाट उत्पादित 'प्यान्टोप्राजोल ट्याब्लेट आईपी' ४० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।
उक्त व्याचको Lab Investigation तथा Failure/ Root Came Analysis Imestigation Report लगायतका विस्तृत विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई र विक्रिवितरण नगर्न तिनका प्रतिनिधिहरुलाई जानकारीको लागि यो सूचना जारि गरिएको छ। साथै उक्त व्याच नं। उल्लेख भएका औषधिको सिफारिस, बिक्रि बितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन विभागले अनुरोध गरेको छ ।
