काठमाडौँ। औषधीको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई सच्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तयार भएको छ । डा. पोषराज पाण्डेको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन गत जेठ २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बुझाएको थियो ।
औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकारवाला समिति र मन्त्रालयबीच औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदन सम्बन्धि आज छलफल भएको छ।
छलफलमा स्वास्थ्य मन्त्री पौडेलले नीति सुझाव मा केही कमि कमजोरी रहेको बुझिएकोले मन्त्रालय अन्तर्गत को आन्तरिक कमिटीको छलफल र आन्दोलनमा रहेको सम्पुर्ण सरोकारवाला सङ्ग थप राय सुझाव लिएर मात्रै प्रतिवेदनलाई पूर्णता दिनु पर्ने विषयमा आफू स्पष्ट रहेको बताए ।
नेपाल औषधि उत्पादक संघ (एपोन)का संयोजक महेश प्रधानले औषधिको मूल्य निर्धारणसम्बन्धी प्रस्तावित नीति लागू हुँदा मुलुकमा औषधिको आयात र उत्पादन दुवै अवरुद्ध हुने खतरा रहेकाले यस्तो नीति कार्यान्वयनमा गए औषधिको अभाव र बजारमा हाहाकारको स्थिति सिर्जना हुने बताए ।
सरकार र सरोकारवालाबीचको आपसी छलफल पश्चात् हाल आर्थिक बर्षको मसन्तको चटारो सके पछि पुन थप छ्लफल गरि अगाडी बढ्ने निर्णय गरेका छौ तथा साथ साथै मन्त्रालयसग दैनिक सम्पर्कमा बसि कार्यप्रगतीको जानकारी लिने निर्णय गरेको स्वास्थ्य सचिव डा विकास देवकोटाले जानकारि दिए ।