काठमाडौँ । वर्षायाम सुरु भएसँगै डेंगी लगायतका संक्रामक रोगहरुको जोखिम बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुस देखि अहिलेसम्म देशभरिका ७ प्रदेशमामा डेंगीको सङ्क्रमण फैलिँदा १ हजार ६७८ जना बिरामी परेका छन्।
बुधबार आयोजित एक कार्यक्रममा गत वर्षभन्दा आधा संख्यामा तथ्याकंले देखिएपनि भित्र–भित्रै डेंगी संक्रमण फैलिरहेको हुन् सक्ने किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए । उनले यो वर्ष ६० हजार डेंगी संक्रमित हुने सक्ने आंकलन गरिएको जानकारि गराए ।
डा. दाहालले लगातार परिरहेको पानीले डेंगी सङ्क्रमण बढिरहेको र यसैगरी डेंगी सङ्क्रमण बढ्दै जाने हो भने साउनदेखि असोजसम्म उच्च हुने बताए । यसको रोकथामकालागि लामखुट्टे खोज र नष्ट अभियान निरन्तर जारी राख्नु पर्ने सुझाए । नेपालमा हरेक वर्ष डेंगी संक्रमण देखिएको हुनाले यसको नियन्त्रण चुनौती बनेको उनि बताउँछन् । उनले ४–५ वर्षदेखि लगातार रूपमा डेंगी केसहरू बढेको स्थितिमा डेंगी संक्रमणलाई शून्यमा पुर्याउन दीर्घकालीन तयारी आवश्यक रहेको बताए ।
उनका अनुसार अरु किटजन्य रोगहरुको पनि जोखिम बढ्दै गएकाले यसको व्यवस्थापन तथा नियन्त्रणमा ध्यान दिन जरुरी छ । डेंगीका साथै कोरोना संक्रमित र हैजा रोगको जोखिम बढि रहेको समेत जानकारि गराए । ५ वटा जिल्ला गरि ५ जनामा हैजा देखिएको छ भने २ सय ३८ जनामा कोरोना संक्रमण देखिएको डा. दाहालले बताए ।
इडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले संक्रमित व्यक्तिहरूले हल्का लक्षण भएका अवस्थामा पनि स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्ने हुनाले सबैले सतर्कता अपनाउनुपर्ने सुझाव दिए । नागरिकमा सचेतना हुँदा आफै बच्न सक्ने र प्रकोप फैलिनबाट रोकथाम हुने उनको भनाई रहेको छ । उनका अनुसार “तापक्रम र वर्षाले डेंगीको जोखिमलाई बढाएको छ”, उनले भने, “डेंगी नियन्त्रणको लागि सबै निकायको भूमिका आवश्यक रहेको छ ।”
डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्छ । डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एकपटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेंगुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।