काठमाडौं । कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको पाइएको छ। उक्त सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै नेपाल डेन्टल एसोसिएसनले गम्भीर आपत्ति जनाएको छ।
नेपालको प्रचलित कानुनअनुसार नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउँछने नेपाल डेन्टल एसोसिएसनका महासचिव डा प्रदीप भण्डारीले बताए। उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा लगाउने कार्यको भिडियो टिकटकमा राखेको र यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख गरेका छन्।
यसरी स्वास्थ्य सेवाको नाममा गैर/लाइसेन्स प्राप्त व्यक्तिवाद गरिने यस्ता गतिविधिले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भण्डारीले बताए। एनडीएले यस्ता गैरकानुनी क्रियाका दोहोरिन नदिन आवश्यक कानूनी कार्याही अगाडी बढाउन बाध्य हुने चेतावनी दिएको छ ।
