काठमाडौँ। काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । विगतको वर्षभन्दा यस वर्ष मनसुन छिट्टै भित्रिएकोले हैजाका बिरामी बढ्न सक्ने अनुमान गरेको छ । गत वर्षमा बल्खु, कालीमाटी, टङ्केश्वर क्षेत्रमा हैजाका बिरामीहरु भेटिएका थिए । यसकै नियन्त्रणका लागि महानगरले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
बर्खायाममा हैजाका बिरामी बढ्न छन् । हैजा लागेको मानिसको दिसामा कीटाणु देखिन्छन् । स्वास्थ्य लापरवाहीले यस्ता कीटाणु पानी र खानाको माध्यमबाट अन्य मानिसको पेटमा जाने गर्छ । भिब्रियो नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण लागेपछि झाडापखाला लाग्ने चिकित्सक बताउँछन् । निरन्तर पातलो दिसा लाग्नु र बान्ता हुनु हैजाका प्रमुख लक्षण हुन् । चिकित्सकका अनुसार सामान्यतया पखाला लाग्ने यो रोगको तत्काल उपचार नभए बिरामीको मृत्युसमेत हुनसक्छ ।