बिहान उठ्ने बित्तिकै खाली पेटमा लसुनको एउटा टुक्रा - रोगको शत्रु, जीवनको मित्र ! हजारौं वर्षदेखि हाम्रो आयुर्वेद, पुरातन चिकित्सा प्रणाली, र घरेलु ज्ञानले लसुनलाई अमृत समान औषधि मानेको छ।
विशेषगरी बिहान उठ्नेबित्तिकै, खाली पेटमा एउटा काँचो लसुन खाने बानी हाम्रो शरीर, मन र स्वास्थ्यको लागि एउटा चमत्कारी वरदान बन्न सक्छ। लसुनको एउटा टुक्रा, हजार रोगको उपचार एक गिलास मनतातो पानी र एउटा काँचो लसुन।खाली पेट लसुन खाँदा दिने गहिरा फाइदाहरू
रोग प्रतिरोधात्मक शक्ति बलियो बनाउँछ
लसुनले शरीरमा रोगसँग लड्ने इम्युन सिस्टम बलियो बनाउँछ।दनयाँ रोग, भाइरस, संक्रमण टाढा रहन्छ।
रगत सफा गर्छ, मुटु स्वस्थ राख्छ
लसुनले रगतमा भएको फोहोर तत्व हटाउँछ, रक्तचाप नियन्त्रण गर्छ, मुटु रोगको खतरा घटाउँछ। लसुन खानाले रगत स्वस्थ रहन्छ र हर्ट अट्याकको खतरा कम भएर जान्छ । लसुन र महको मिश्रण खानाले धमनीमा जम्मा हुने खराब तत्व हराएर जान्छ जसले ब्लड सर्कुलेशनलाई सही तरीकाले मुटुसम्म पुगाउँछ ।
पाचन प्रणालीलाई सशक्त बनाउँछ
खाली पेटमा लसुन खाँदा पेट सफा हुन्छ, ग्यास, अपच, कब्जियत, बान्ता जस्ता समस्या हराउँछ। लसुनले हाम्रो पाचन प्रणालीलाई राम्रो बनाउने क्षमता राख्छ । खाली पेटमा लसुनको पोडा चपाएर खाने हो भने पाचन राम्रो हुन्छ र यसले खानामा रुची पनि बढाउँछ ।
कोलेस्टेरोल घटाउँछ
लसुनले शरीरमा रहेको नकारात्मक बोसो घटाउँछ, धमनी बन्द हुने सम्भावना कम गर्छ।
क्यान्सर र ट्युमरको खतरा घटाउँछ
अनुसन्धानले देखाउँछ – लसुनमा पाइने एलिसिन नामक तत्वले क्यान्सरजन्य कोषहरूसँग लड्ने क्षमता राख्छ।
सासप्रश्वास प्रणाली सुधार गर्छ
श्वासप्रश्वासमा समस्या हुने, दम, एलर्जी हुनेहरूले लसुन खान थालेपछि सुधार देखिन्छ।
जिगर र मिर्गौलालाई मजबुत बनाउँछ
लसुनले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्छ, जिगर र मिर्गौला सफा रहन्छ।
तौल घटाउने प्रक्रिया सुरू गर्छ
लसुनले शरीरको बोसो जलाउने प्रक्रिया सुरु गर्छ, तौल घटाउन चाहनेका लागि उत्कृष्ट घरेलु उपाय।
छालालाई चम्किलो र रोगमुक्त बनाउँछ
भित्रैदेखि सफा शरीरल छालामा चमक, रौँ सफा बनाउँछ।
तनाव, चिन्ता, मानसिक थकान घटाउँछ
लसुनले मानसिक सन्तुलनमा सुधार ल्याउँछ, तनाव र डिप्रेशन घटाउँछ। कतिपय अवस्थामा हाम्रो पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसको मनलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।
रुघाखोकीमा राहत
लसुनले स्वाससँग सम्बन्धित रोगहरुको रोकथाममा पनि सहायक भूमिका निभाउँछ । यस्तै रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले प्राकृतिक औषधीका रुपमा काम गर्छ ।