काठमाडौँ। उपभोक्ता अदालतको फैसलाबिरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छन्।
नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत नै देशभरका स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालकहरुले आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ। आन्दोलनको नेतृत्व भने नेपाल चिकित्सक संघले गरेको छ ।
कानून संसोधनका लागि दवाव दिन भन्दै उनीहरु सेवा बहिस्कार गर्दै आन्दोलनमा उत्रिएका हुन् । स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सेवा ठप्प पारेकाले बिरामीहरू मर्कामा परेका छन्। चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालयमा बुझाउने कार्यक्रम समेत रहेको छ।
नेपाल चिकित्सक संघको नेतृत्व भई रहेको चरणवद्ध आन्दोलन अन्तर्गत हिजो कालोपट्टी साथ आ आफ्ना अस्पतालमा सेवा रोकेर एक घण्टा धर्ना दिएका थिए । आज आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका छन् भने भोली सामुहिक रुपमा चिकित्सकहरुको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई फिर्ता गर्ने योजना चिकित्सक बताउ छन् । यस्तै यसको विरोधमा लागेका चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलना गरेको मुद्धामा कारण देखाउँ आदेश जारी गरेपछि चिकित्सकहरु थप आक्रोशित भएका हुन् ।