काठमाडौं । औषधि व्यवस्था विभागले बजारमा रहेको पोभिन कम्पोजिसन नामको औषधि फिर्ता गर्न निर्देशन दिएको छ।
क्युरेक्स फार्मास्युटिकल्स प्रा। लि।पोभिन कम्पोजिसन नामको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम औषधिको विक्रि वितरण तत्काल रोक्न भनेको छ। प्रयोगशाला परीक्षणका क्रममा क्युरेक्सबाट उत्पादित पोभिन कम्पोजिसन ९पोभिडोन आयोडिन आईपी न्यून गुणस्तरको पुष्टि भएको छ । औषधि न्यून गुणस्तरको भेटिएपछि विभागले बजारमा रहेका उक्त औषधि फिर्ता गर्न भनेको छ।
साथै बजारमा रहेका उक्त व्याच नं। उल्लेख भएका औषधि फिर्ता गर्ने, औषधिको सिफारिस नगर्ने, बिक्रि बितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन विभागले अनुरोध गरेको छ ।
